Breaking News.... EverestOnlineKhabar
April 20, 2026

परराष्ट्रमन्त्रालयले भन्योः‘कतारमा नेपालीलाई समस्या परेको खबर छैन’

Loading

काठमाडौ,२३ जेठ ।
कतारमाथिको कूटनीतिक संकटपछि त्यहाँ कार्यरत नेपाली नागरिक समस्यामा परेको गुनासो भने नआएको परराष्ट्र मन्त्रालयले बताएको छ । परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भनेः‘हामी सम्बन्धित मुलुकस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहेर रिपोर्टिङ लिइरहेका छौँ,अहिलेसम्म नकारात्मक खबर केही पनि आएको छैन ।’
कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गरेका मुलुकका वायुसेवा कम्पनीले कतारको दोहामा हुने सबै उडान रद्द गरेपछि नेपाल–दोहा गन्तव्यको हवाई भाडा वृद्धि हुने आशंका बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार खाडी मुलुकका वायुसेवा कम्पनीले नेपालबाट दोहा जाने यात्रुको टिकट काट्न बन्द गरिसकेका छन् । तर, त्यहाँ पुग्ने विकल्प भने बन्द भइसकेको छैन । एयर इमिरेट्स, इत्तिहाद एयर, एयर अरेबिया र फ्लाई दुबईले दोहा उडान रद्द गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed