Breaking News.... EverestOnlineKhabar
April 20, 2026

एमाले अध्यक्ष ओलीको जन्मथलो आठराईमा यस्ता छन् एमालेका उम्मेद्वार….

Loading

तेह्रथुम,२४ जेठ ।
तेह्रथुमका दुई नगरपालिका र चार गाउँपालिका मध्ये निकै चासो र चर्चामा रहेको आठराई गाउँपालिकामा नेकपा एमालेले उम्मेद्वार घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो समेत रहेको आठराई गाउँपालिका क्षेत्रफल र जनसंख्या दुवै हिसाबले जिल्लाकै ठूलो स्थानीय तह भएकाले पनि सबैको चासो र चर्चामा छ ।
ओलीको जन्मस्थल तत्कालिन ईवा गाविससहित सात गाविस मिलाएर घोषणा गरिएको आठराई गाउँपालिकामा सरकारले जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट समेत विनियोजन गरेको छ ।
आठराई गाउँपालिकामा विभिन्न दलले उम्मेद्वार छनौट गरिरहेका छन् । नेकपा एमालेले आठराई गाउँपालिकाको अध्यक्ष पदमा मानबहादुर लिम्बुलाई उम्मेद्वार बनाएको छ ।
उहाँ राजनीतिमा विष्णुबिक्रम कन्दङ्वा नामले चिनिनुहुन्छ । अहिलेको आठराई गाउँपालिका–७ साबिकको थोक्लुङ गाविस स्थायी घर भएका उहाँ नेकपा एमाले तेह्रथुमका नेता हुनुहुन्छ । गएको वर्षको जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदमा पराजित उहाँले यसअघि जिल्ला कमिटीमा दुई कार्यकाल सचिव भएर काम गरिसक्नुभएको छ । थोक्लुङ हुँदा गाउँ कमिटीदेखि क्रियाशील राजनीतिमा लाग्नुभएका उहाँ झण्डै एक दशकदेखि सदरमुकाम म्याङलुङ्गमा रहेर राजनीतिमै क्रियाशील हुनुहुन्थ्यो ।
यस्तै नेकपा एमालेले आठराई गाउँपालिकाको उपाध्यक्ष पदमा रुपादेवी कन्दङ्वालाई उम्मेद्वार बनाएको छ । कन्दङ्वा नेकपा एमाले तेह्रथुमकी महिला नेतृ हुन् । पार्टीका विभिन्न पदमा क्रियाशील भएर काम गरेसकेकी उहाँ जिल्ला सहकारी संघकी समेत अध्यक्ष हुनुहुन्छ । कन्दङ्वाले लामो समयदेखि महिला अधिकारको क्षेत्रमा समेत योगदान पुर्‍याउँदै आउनुभएको छ ।
एमालेले आठराई गाउँपालिकाको वडाध्यक्षसहित वडा सदस्यको समेत टुंगो लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed