![]()
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बिगारेर सामाजिक सञ्जाल (फेसबुक)मा पोष्ट गर्नेलाई प्रहरीले केही नगरेको भन्दै पत्रकार र प्रहरीको फेसबुक गु्रपमा सन्देश दिने काभ्रेका पत्रकारलाई काभ्रे प्रहरीले उल्टै साइबर मुद्दामा पक्राउ गरेको छ ।
काभे्र जिल्लाको मण्डन देउपुर नगरपालिका–५ गैरिबिसौनाका १६ बर्षिय कृष्ण ढकालले गत मंगलबार प्रमओलीको फोटो विगारेर फेसबुकमा अपलोड गरेको विषयलाई स्थानीय प्रशासनले बेवास्ता गरेको भन्दै ‘स्क्रिन सूट’ गरी फेसबुक गु्रपमा म्यासेज गर्ने काभ्रेका पत्रकार कविराज ढकाललाई शुक्रबार प्रहरीले हिरासतमा लिएको हो ।
काभे्र प्रहरीले ढकाललाई पक्राउ गरी महानगरीय अपराध महाशाखा काठमाडौ बुझाएको छ । कविराजको सन्देश लगत्तै फोटो विगारेर पोष्ट गरेका कृष्णलाई प्रहरीले पक्राउ गरेको थियो भने त्यसको दुई दिन पछि साइबर अपराधको विषयमा बोल्ने ढकाललाई समेत प्रहरीले पक्राउ गरेको हो ।


