![]()
एजेन्सी । रहीम स्ट्रर्लिङ्गले म्यानचेस्टर सिटीसँग थप तीन वर्षको सम्झौता गरेका छन् । उनी अब सन् २०२३ सम्म क्लबमै रहने भएका छन् । स्ट्रर्लिङ्गले हप्ताको तीन लाख पाउण्ड स्ट्रर्लिङ्ग पारिश्रमिक लिने गरी नयाँ सम्झौता गरेका हुन् ।
२३ वर्षका इंग्लिस फरवार्ड स्ट्रर्लिङ्गको अहिलेको सम्झौता यो सिजनको अन्त्यमा सकिने थियो । नयाँ सम्झौतापछि स्ट्रर्लिङ्ग प्रिमियर लिगमा सबै भन्दा राम्रो पारिश्रमिक पाउने बेलायती खेलाडी मध्ये एक परेका छन् ।
नयाँ सम्झौताले आफूलाई उत्साहित बनाएको उनले बताएका छन् । आफ्ना लागि म्यानचेस्टर सिटी सही छनौट साबित भएको पनि उनले बताए । उनी सन् २०१५ मा लिभरपुलबाट ४९ मिलियन पाउण्डमा म्यानचेस्टर सिटी आएका हुन् । उनले गएको सिजन २३ गोल गरेका थिए ।


