![]()
नवलपरासी । सहज सञ्चार पहुँचबाट टाढा रहेका बर्दघाट नगरपालिकाका पहाडि भेगका नागरिकहरू संसारकोटमा नेपाल टेलिकमको जिएसएम मोबाइल विटिएस टावर सञ्चालनमा आएपछि खुसी भएका छन्।
बर्दघाट नगरपालिका २ अन्तर्गतका आमबास, बांसखोला, सुखौरा, पटुके, तिल्किेनी, संसारकोटलगायतका क्षेत्रलाई लक्षित गरी नेपाल टेलिकमको विटिएस टावर सञ्चालनमा ल्याएपछि संचारका लागि सहज भएको हो। बर्दघाट नगरपालिकाको पहलमा नेपाल टेलिकमले संसारकोटमा जिएसएम मोबाइल विटिएस टावर सञ्चालमा ल्याएको हो।
यसअघि त्यस क्षेत्रमा सञ्चारको सुलभ पहुँच नहुँदा मोबाइल प्रयोग गर्नसमेत असहज हुँदै आइरहेको स्थानीयको भनाइ छ। कतै फोन गर्न परे तत्काल फोन नलाग्ने लागि हाले पनि आवाज नवुझिने जस्ता समस्या रहेकोमा अहिले टेलिकमले जिएसएम मोबाइल विटिएस टावर सञ्चालनमा ल्याएपछि सहज भएको हो।


