भक्तपुर ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आव्हान गरेका छन् । सभापति देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराएका हुन् ।
सभापति देउवाले निर्वाचनको हारबाट निराश नहुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई निर्देशन दिए । सभापति देउवाले नेपाल सम्वतका प्रवर्तक शंखधर शाख्वाले गरिवी निवारणमा पुर्याएको योगदानको पनि चर्चा गरेका थिए ।


