![]()
एजेन्सी । बलिउडकी चर्चित आइटम गर्ल मलाइका अरोरा खान अहिले आफ्नो प्रेमी अर्जुन कपुरको साथमा खुलेयाम डेटिङमा मस्त छिन् । अर्जुन र मलाइकाको प्रेम चर्चा सुरु भएसँगै अब बिहेको पनि चर्चा हुन थालेको छ । यो लभ जोडीले सन् २०१९ को अप्रिलमा बिहे गर्न लागेको भारतीय मिडियामा उल्लेख छ ।
यो जोडीले भने अहिले नै यो बिषयमा केही पनि भनेको छैन । तर, उनीहरु बिहेको तयारीमा लागेको उनीहरुको पछिल्लो गतिविधीले पनि देखाउँछ ।


