![]()
एजेन्सी । कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन आगामी ९ नोभेम्बरमा लञ्च गर्ने तयारी गरेको छ । सामसुङ चाइनाले SM-W2019 स्मार्टफोन लञ्च समारोहका लागि सञ्चारमाध्यमहरुलाई निमन्त्रण पठाउन सुरु गरेको छ ।
सामसुङले सार्वजनिक गर्ने तयारी गरेको उक्त स्मार्टफोनका विशेषताबारे सञ्चार माध्यमहरुले विभिन्न खबर यसअघि नै प्रकाशित गरिसकेका छन् । चीनको सर्टिफिकेशन वेबसाइट टिनाका अनुसार यस फोनमा क्वालकोम स्नापड्रागन ८४५ प्रोसेसरको प्रयोग गरिएको छ ।
फोनमा ४.२ इन्चका दुईवटा फूल एचडी डिस्प्ले हुनेछन् जसको रिजोलुसन १९२० गुणा १०८० पिक्सेल हुनेछ । ब्याट्री क्षमता ३००० एमएएच रहेको छ ।


