![]()
बीबीसी । अमेरिकी मतदाताहरुले दुईजना मुस्लिम महिलालाई संसदमा निर्वाचित गरेका छन् । निर्वाचित दुवैजना डेमोक्र्याट हुन् । निर्वाचितमध्ये एकजना सोमालियाबाट शरणार्थीकारुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुन् । मिन्नेसोटा प्रदेशमा उनी विजयी भएकी हुन् ।
त्यसैगरी, सामाजिक कार्यकर्ताकारुपमा क्रियाशील रशिदा तलैबी पनि संसदका लागि निर्वाचित भएकी छन् । प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उनको जन्म अमेरिकाकै डिट्रोइटमा भएको जनाइएको छ । संसदमा उनीहरुसँगै अर्का एकजना मुस्लिम पुरुष पनि गरी मुस्लिम समुदायबाट तीनजना निर्वाचित भएका छन् ।
संसदमा निर्वाचित अर्का मुस्लिम पुरुष अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन हुन् । उनी इन्डियना प्रदेशमा दोस्रोपटक निर्वाचित भएका हुन् । उनले पनि डेमोक्र्याट पार्टीबाट प्रतिनिधित्व गर्छन् । अमेरिकाका नागरिकमा मुस्लिम समुदायप्रतिको नकारात्मक धारणा रहेकै बेला उनीहरुको जितलाई अर्थपूर्णरुपमा हेरिएको छ ।


