![]()
इटहरी । लक्ष्मी पूजाको दिन बुधबार दिउँसो इटहरी उपमहानगरपालिकास्थित एक व्यापारिक भवनमा भीषण आगलागी भएको छ । इटहरी उपमहानगरपालिका-६ स्थित धरानलाइनमा रहेको एक व्यापारिक भवनमा आगलागी भएको हो । दोस्रो तल्लाबाट सुरु भएको आगलागीको कारण खुलेको छैन ।
बुधबर दिउँसो सवा १ बजेदेखि लागेको आगो बिराटनगर, इटहरी, इनरुवा र सुन्दरहरैंचाका दमकलले निभाएका थिए ।


