Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । अमेरिकाको सिलिकल भ्यालीको एउटा कम्पनीले  फोल्ड गर्न मिल्ने स्मार्टफोनको विकास गरेको छ। ‘फ्लेक्सपाई’ नाम दिइएको यो फोन रोयोल नामक कम्पनीले विकास निर्माण गरेको हो।

७.६ एमएम बाक्लो र ड्वेल क्यामेरा रहेको पट्याउन मिल्ने यो फोन हालै चीनमा लन्च गरिएको हो। यसको ७.८ इन्चको स्क्रीनलाई दुवै साइडतिरबाट फोल्ड गर्न मिल्छ। यसपछि यसको स्क्रीन ३ वटा हुन्छ, अगाडि, पछाडि र बीचमा। बीचको भाग पनि सानो स्क्रीनमा परिणत हुन्छ, जसमा आएको फोन, मेसेज या इमेल हेर्न मिल्छ।

स्पेसिफिकेसनअनुसार फोनको मूल्य १००५ पाउन्डदेखि १४५२ पाउन्डसम्म तोकिएको छ। फोन ३२० ग्रामको मात्र छ। रोयोल कम्पनीका प्रमुख कार्यकारी बिल लिउले गत बुधबार बेइजिङमा फोन सार्वजनिक गरेका हुन्। स्ट्यानफोनर्ड विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा पीएचडी गरेका बिलले ६ वर्षअघि रोयोल कम्पनी स्थापना गरेका हुन्। यसको कार्यालय अमेरिका र चीन दुवै देशमा छ।

यो फोनको स्क्रीन बिल र उनको टीमले विकास गरेको हो। यसको २००० भन्दा बढी इन्टलेक्च्युअल प्रोपर्टी राइट्स रोयल कम्पनीले प्राप्त गरेको छ। कम्पनीले सिसासहितको स्क्रीनको तुलनामा फोल्ड गर्न मिल्ने यो फोनको स्क्रीन बढी टिकाउ हुने दाबी गरेको छ।

सामसुङ र हुवावेले यस्तो फोन विकास गर्ने दाबी गरिएको थियो। तर, रोयोल कम्पनीले यस प्रतिस्पर्धामा अगाडि भएको छ। कोरियाली कम्पनी सामसुङले आगामी बुधबार सानफ्रान्सिस्कोमा डेभपलर सम्मेलन राखी यस्तो प्रविधिको पब्लिक प्रिभ्यु गर्ने आँकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed