![]()
काठमाडौं । बर्खास्तीमा परेका प्रदेश ३ का पूर्वाधारमन्त्री केशव स्थापितले तिहारपछि मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध आन्दोलन गर्ने बताएका छन्। राजधानीमा मंगलबार आयोजित कार्यक्रममा स्थापितले तिहारपछि पौडेलको प्रतिवाद सुरु हुने बताए।
‘अहिले तिहार मनाउन दिउँ भनेर बुढा मान्छेको उमेरको ख्याल गरेर हामी लागेका हौं,’उनले भने। अष्टलक्ष्मीकहाँ गएर पूर्वाधारमन्त्री बनाइदिन आग्रह गरेको एउटा गुटको मान्छेलाई ल्याएर मुख्यमन्त्री बनाएको स्मरण गर्दै स्थापितले भने‘उपत्यकालाई बेवास्ता गर्ने पौडेल यो पदमा बस्न योग्य हुनुहुन्न।’
स्थापितले तत्कालीन राजा ज्ञानेन्द्रसँग नडराएको आफू डोरमणिसँग डराएर बस्नु नपर्ने उल्लेख गरे। भने ‘राजा ज्ञानेन्द्रसँग डराइन भने त्यही पारा देखाउने डोरमणिसँग किन झुक्ने?’ उनले डोरमणिले राजा ज्ञानेन्द्रको पारामा आफूलाई हप्काएपछि चर्को स्वर निकाल्न बाध्य भएको उनले स्पष्टिकरण दिए।


