Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । शाहरुख खानको नयाँ फिल्म ‘जिरो’ का दुई पोस्टर सार्वजनिक गरेका छन् । एउटामा कट्रिना कैफ र अर्कोमा अनुष्का शर्माका साथ उनी देखिएका छन् । फिल्ममा शाहरुख खान एक होचो मानिस ‘बउआ सिंह’ को भूमिका निभाइरहेका छन् ।

आगामी २१ डिसेम्बरमा रिलिज हुन लागेको यो फिल्म शाहरुखको हालसम्मको सबैभन्दा महंगो फिल्म हो । यसको सुटिङ र प्रयोग गरिएको भीएफएक्सका कारण फिल्मको बजेट २ सय करोड पुगेको बताएइको छ । फिल्मको सुटिङ १ सय ५० दिनसम्म चलेको थियो । यसअघिको शाहरुखकै भीएफएक्सयुक्त फिल्म रा.वनको बजेट ८५ करोड थियो ।

फिल्मका शाहरुखलाई पुड्को बनाउन ४ सय मानिसहरुको भीएफएक्स कलाकारको टीम तयारी गरिरहेको छ । शाहरुखको रेड चिल्लीज फिल्मले भीएफएक्सको जिम्मेवारी सम्हालेको छ । फिल्मको कुल बजेटमध्ये ७० करोड रुपियाँ भीएफएक्सकै लागि खर्च गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed