Breaking News.... EverestOnlineKhabar
June 25, 2026

प्रधानमन्त्री शेरवहादुर देउवाले गरे मतदान….

Loading

डडेल्धुरा,१४ असार ।
प्रधानमन्त्री शेरवहादुर देउवाले मतदान गरेको छ । प्रधानमन्त्री देउवा र पत्नी आरजु देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, असीग्राम मावि रुवाखोला मतदान केन्द्रमा भोट हालेका हुन् । देउवाले बिहान ८ः३० बजे मतदान गरेका हुन् । देउवाले गरेको मतदान केन्द्र डडेलधुरा सदरमुकामबाट १५ किलोमिटर दूरीमा पर्छ । देउवाले आइतबार डडेलधुरा सदरमुकाममा भएको चुनावी सभालाई सम्बोधन गरेपछि सदरमुकाममै रहेका थिए । डडेलधुरामा अहिले पानी पर्न थालेको छ । डडेलधुरामा ७७ मतदान स्थल, ११० मतदान केन्द्र तोकिएको छ ।
२७४ जनप्रतिनिधिका लागि ११ सय ११ जनाको उम्मेदवारी परेको छ । डडेलधुराको दुई नगरपालिका र ५ गाउँपालिकामा ७५ हजार ७ सय ८० मतदाता छन् । डडेलधुराबाट प्रधानमन्त्री देउवा सहित चार सांसदले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गरेका छन् ।
यसैबीच, नेकपा एमालेका नेता वामदेव गौतमले मतदान गरेका छन् । नेता गौतमले बाँसगढी नगरपालिकाको त्रिभुवन मावि पकौरा मतदान केन्द्रबाट बिहान मतदान गरेका हुन् । बर्दियामा अहिले घाम लागेको छ र त्यहाँ उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed