Breaking News.... EverestOnlineKhabar
June 25, 2026

मतदाताको अभुतपूर्व उत्साह,भोट हाल्न छाता ओढेर लाइनमा

Loading

काठमाडौ,१४ असार ।
बुधबार मतदान हुने १, ५ र ७ नम्बर प्रदेशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । विशेषगरी १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम बढीरहेको मौसमविदले जनाएका छन् । मौसमेविद्का अनुसार १ नम्बर प्रदेशमा ताप्जेजुङ, संखुवासभा बाहेकका जिल्लामा ठूलो पानी परिरहेको छ । यस्तै ५ नम्बर प्रदेशमा बाँके, बर्दिया बाहेकका ठाउँमा पानी परिरहेको छ । ७ नम्बर प्रदेशमा भने डडेलधुरा, डोटी, अछाम लगायतका जिल्लामा पानी परिरहेको जनाइएको छ । अहिले प्रदेश नम्बर १ र ५ मा पानी पर्ने क्रम बढीरहेको छ । ७ नम्बर प्रदेशमा भने केही घटिरहेको छ ।
यी प्रदेशमा बुधबार झरी पर्ने संभावना नभएपनि पानी पर्दै रोकिनेछ । दिउँसो मौसम एकैछिन खुलेजस्तो भएपनि फेरि पानी पर्ने भएकाले समय मै गएर मतदान गर्न मौसम्विदको आग्रह छ । उनीहरुले मतपेटिका जोगाउन निर्वाचन आयोगलाई सुझाव पनि दिएका छन् ।
गएको जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन मंगलबार बेलुकादेखि देशैभरि फैलिएकाले बुधबार देशका धेरै ठाउँमा पानी पर्ने मौसम्विद्को भनाई छ । गएको २४ घण्टामा लुम्लेमा सबैभन्दा धेरै १५६ दशमलव ६ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तरपनि मतदाताहरु भने निकै उत्साहपुर्ण रुपले छाता आढेर मतदान गर्न लाईनमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed