![]()
एजेन्सी,३१ जेठ ।
मैत्रीपुर्ण फुटबल खेलमा फ्रान्सले इङ्गल्याण्डलाई पराजित गरेको छ । मंगलबार राती फ्रान्सको पेरिसमा भएको खेलमा १० खेलाडीमा सिमित घरेलु टोली फ्रान्स ३–२ ले विजयी भयो । खेलको सुरुमा इङ्गल्याण्डका ह्यारी केनले गोल गर्दै टोलीलाई अग्रता दिएपनि यो अग्रता टिक्न सकेन । फ्रान्सका स्यामुएल उम्तीती र जिब्रिल सिबिदीले एक–एक गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए ।
इङ्गल्याण्डका ह्यारी केनले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काए पनि फ्रान्सका उस्मान डेम्बेलेले निर्णायक गोल गरे । मैत्रीपुर्ण फुटबलकै अर्को खेलमा कोलम्बियाले क्यामरुनलाई ४–० ले हराएको छ ।


