Breaking News.... EverestOnlineKhabar
April 29, 2026

ब्राजिलको शानदार जित,अष्ट्रेलिया ४–० गोलले पराजित

Loading

एजेन्सी,३१ जेठ ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले शानदार जित दर्ता गरेको छ । मंगलबार मेलबर्नमा भएको खेलमा ब्राजिलले घरेलु टोली अस्ट्रेलियालाई ४–० ले हराएको हो । खेलको पहिलो मिनेटमा नै सोउजाले गोल गर्दै ब्राजिललाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको ब्राजिलले दोस्रो हाफमा थप तीन गोल गर्‍यो । ६२ औं मिनेटमा थिएगो सिल्भाले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।
७५ औं मिनेटमा टाइसन कोस्टाले गोल गरेपछि टिटेको टिम ब्राजिलको अग्रता ३–० मा पुग्यो । इन्जुरी समयमा सोउजाले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ४–० को जित दिलाए । यो खेलमा ब्राजिल नेइमार बिना नै खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed