Breaking News.... EverestOnlineKhabar
April 10, 2026

बंगलादेशमा पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ७ पुग्यो

Loading

ढाका,३१ जेठ ।
बंगलादेशमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । मृत्यु हुनेमा पाँच सैनिक पनि रहेका छन् । पहिरोले पुरिएको सडकको अवरोध हटाउन खटिएका सेनाको मृत्यु भएको बताइएको छ । बंगलादेशको दक्षिण पूर्र्वी शहर रंगमती पहिरोको सबैभन्दा बढी मारमा परेको बंगलादेशी अधिकारीहरुले जनाएका छन् । पहिरोका कारण सयौं घर डुबानमा परेका छन् । पहिरोका कारण सयौं सर्वसाधारण समस्यामा परेका छन् ।
पहिरोका कारण केही गाउँसँगको सम्पर्क टुटेको छ भने सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ । वर्षाका कारण राजधानी ढाका र चित्तागाउँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताइएको छ । भारी बर्षाका कारण उद्धार कार्यमा समेत कठिनाई भएको बताइएको छ । बंगलादेशमा गत महिना मोरा नामको आँधीले ८ जनाको मृत्यु भएको थियो भने हजारौं घर डुबानमा परेका थिए । मौसमविदहरुले वर्षा अझै केही दिन लम्बिन सक्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed