Breaking News.... EverestOnlineKhabar
June 19, 2026

चीन–भारत तनाव मत्थर, दोक्लामबाट सेना हटाउन दुवै पक्ष तयार

Loading

बिबिसि । दोक्लामको विषयलाई लिएर तनाग्रस्त बनेको चीन–भारत सम्बन्धमा थोरै सुधार आएको छ । विवादास्पद दोक्लाम प्रकरणमा दुवै राष्ट्र एक कदम पछि हटेपछि सम्भावित युद्ध पनि टरेको हो । दुवैले सो स्थानबाट आफना सेना हटाउने सहमति भएको छ ।

भारतीय विदेशमन्त्रालयले हप्तौंदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको जनाएको छ । भारतले गएको जुन महिनामा भुटानले आफ्नो दाबी गर्ने उक्त क्षेत्रमा सडक निर्माण गर्नबाट चीनलाई रोक्न आफ्ना फौज खटाउने निर्णय गरेको थियो । तर चीनले डोकलाम आफ्नो भूमी भएको भन्दै भारतीय फौजले सीमा अतिक्रमण गरेको टिप्पणी गरेको थियो ।

तर पछिल्लो पटक दुवै राष्ट्रबीच तनाव कम भएको छ । भारतीय विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै भनेको छ, “हालैको हप्तामा डोकलाम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिक तहमा छलफल जारी रहेको छ, यो कुराकानीमा हामीले एक आपसको चिन्ता र हितकाबारेमा छलफल गरेका छौँ। यसै आधारमा डोकलाममा जारी विवादलाई लिएर सीमामा रहेका सेना द्रुत रुपमा हटाउने निर्णय गरेका छौ र यस दिशामा काम अघि बढेको छ।“

सीमा विवादलाई लिएर हालैका केहि महिनामा भारत र चीनबीच तनावको वातावरण चलिरहेको थियो । दुई देशले सन् १९६२ मा सीमा विवादकै कारण युद्ध समेत गरेका थिए र अहिले पनि सीमा विवाद देखिने वितिक्कै दुई देशबीच तनावको वातावरण बन्ने गर्छ । गएको मे महिनामा डोकलामलाई लिएर शुरु भएको तनावका मझ चीनले सीमा क्षेत्रमा आफ्ना सैनिकको तैनाथी बढाएको थियो ।

भुटानसँग सीमा जोडिएको भारतको उत्तर पूर्वमा अवस्थित सिक्किमको नजिकै पर्ने डोकलाममा चीनले सडक निर्माण गर्न थालेपछि भारतले त्यसको विरोध गरेको थियो । उक्त क्षेत्रलाई भारतमा डोकलाम र चीनमा डोंगलोंग भन्ने गरिन्छ । भुटान र चीन दुवैले उक्त इलाकालाई आफ्नो भनेर दाबी गर्छन् ।

भारतले उक्त सडकको निर्माण पूरा भएको आफ्नो उत्तर पूर्वी क्षेत्र जोड्ने २० किलोमीटर चौडा ‘चिकेन्स नेक’ भनिने कुखुराको घाँटी आकारको क्षेत्रमा चीनको पहुँच बढ्ने भन्दै चिन्ता व्यक्त गर्ने गरेको छ । ‘सेभन सिस्टर्स’ पनि भनिने उक्त क्षेत्र भारतका लागि सामरिक रुपमा निक्कै महत्वपूर्ण मान्ने गरिन्छ ।

भारत र चीनबीच साढे तीन हजार किलोमिटर लामो सीमा क्षेत्र रहेको छ जसमध्ये कैयौं स्थानमा विवाद रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed