Breaking News.... EverestOnlineKhabar
June 19, 2026

केन्यामा प्लाष्टिकका झोला प्रतिबन्ध, पृथ्वी प्लाष्टिकको ग्रह बन्न थालेकोमा चिन्ता

Loading

बिबिसि । केन्यामा सोमबारबाट लागु हुने प्लाष्टिक प्रतिबन्ध लगाइएको छ । नयाँ कानून अनुसार प्लास्टिकको झोलाको उत्पादन, बिक्री वा प्रयोग गर्नेलाई ३८ हजार डलर जरिवाना वा चार वर्ष सम्मको कैद सजाय दिने भनिएको छ ।

केन्याकी वातावरण मन्त्रीले यो कदमले वातारण संरक्षणमा सहयोग पुग्ने बताएकी छन । प्लास्टिक उत्पादक तथा व्यवसायीहरुले भने प्लास्टिक प्रतिबन्ध लगाउँने कदमले दशौं हजार व्यक्ति बेरोजगार हुने चिन्ता व्यक्त गरेका छन् । आफ्नो बचाउ गर्दै उनीहरुले दायर गरेको निवेदन उच्च अदालतले अस्वीकार गरेको छ ।

अफ्रिकाको रुवाण्डा र इरिट्रियामा पनि प्लास्टिक प्रतिबन्धित छ । केन्यामा प्लास्टिक प्रतिबन्धित बनाइएको यो तेस्रो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed