Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नेपाल टेलिकमद्वारा साउन ३१ गतेसम्म एसएमएस सेवा निःशुल्क

Loading

काठमाडौं । नेपाल टेलिकमले मुलुकभर एसएमएस निःशुल्क गरेको छ । बाढी पहिरोले ल्याएको बिपत्तिलाइ ख्याल गरी टेलिकमले आइतबारबाट यो सुविधा लागु गरेको हो ।

मुलुकभर टेलिकम प्रयोगकर्ताले एसएमएस पठाउँदा शुल्क तिर्न नपर्ने टेलिकमले जनाएको छ । संचारमन्त्री मोहनबहादुर बस्नेतले बाढी प्रभावित क्षेत्रका जनतालाई सूचनाको सहज पहुँचका लागि एसएमएस निस्शुल्क गरिएको जानकारी दिनुभयो ।

टेलिकमले यो सुविधा साउन ३१ गते मंगलबारसम्म रहने स्पष्ट पारेको छ । बाढी प्रभावित क्षेत्रमा बिजुली अवरुद्ध छ भने त्यहाँ रहेका सबै पसलहरु पनि डुबेका छन् । यो आपतकालीन अवस्थालाई ध्यानमा राखेर सेवा दिइएको टेलिकमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.