![]()
काठमाडौं । नेपाल टेलिकमले मुलुकभर एसएमएस निःशुल्क गरेको छ । बाढी पहिरोले ल्याएको बिपत्तिलाइ ख्याल गरी टेलिकमले आइतबारबाट यो सुविधा लागु गरेको हो ।
मुलुकभर टेलिकम प्रयोगकर्ताले एसएमएस पठाउँदा शुल्क तिर्न नपर्ने टेलिकमले जनाएको छ । संचारमन्त्री मोहनबहादुर बस्नेतले बाढी प्रभावित क्षेत्रका जनतालाई सूचनाको सहज पहुँचका लागि एसएमएस निस्शुल्क गरिएको जानकारी दिनुभयो ।
टेलिकमले यो सुविधा साउन ३१ गते मंगलबारसम्म रहने स्पष्ट पारेको छ । बाढी प्रभावित क्षेत्रमा बिजुली अवरुद्ध छ भने त्यहाँ रहेका सबै पसलहरु पनि डुबेका छन् । यो आपतकालीन अवस्थालाई ध्यानमा राखेर सेवा दिइएको टेलिकमले जनाएको छ ।


