![]()
कालिकोट । कालिकोटको मसान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ पोरिवन काब्रागाउँमा पहिरोले घर पूर्दा ३ बालबालिका बेपत्ता भएका छन भने ५ जनाको जिवितै उद्दार गरिएको छ । घरमाथिबाट ठूलो ढुंगासहित आएको पहिरोले स्थानीय बुँदे सार्कीको घर पूरेको थियो । सार्कीका ९ बर्षीया छोरा लंक, १३ बर्षीया छोरी ललिता र ५ बर्षीया छोरी कल्पना भएका हुन ।
स्थानीयले भने हराइरहेका तीन बालबालिकाको मृत्यु भएको हुन सक्ने आशंका गरेका छन् । घरमुली बुँदे सार्की उनकी श्रीमती बेलु सार्की र छिमेकी सर्मिला सार्कीसहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बेपत्ता बालबालिकाको खोजि प्रहरीले जारी राखेको छ । घाइते मध्ये दुइको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।


