Breaking News.... EverestOnlineKhabar
May 10, 2026

जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल गर्ने कांग्रेस र माओवादी केन्द्रबीच सहमति

Loading

काठमाडौं । प्रमुख सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा पनि तालमेल गर्ने सहमति भएको छ । दुवै दलका कार्यदलस्तरमा तालमेल गर्ने सहमति भएको हो । संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा तालमेल गर्ने सहमति गरेको हो ।

देशभरि हुने चुनावी तालमेलका लागि केन्द्रीयस्तरबाटै सहमति भएको नेताहरुले बताएका छन । निर्वाचन आयोगले प्रदेश नं २ बाहेकका प्रदेशका जिल्लामा जिससको निर्वाचन भइरहेको जनाएको छ ।

दुइ दलबीच असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनमा पनि आवश्यकताअनुसार तालमेल गर्ने सहमति भएको छ ।
बैठकमा काँग्रेस नेता बिमलेन्द्र निधि, डा. रामशरण महत र रमेश लेखक तथा माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.