Breaking News.... EverestOnlineKhabar
May 11, 2026

अपहरणमा परेका बालका ५ दिनपछि भेटिए, अपहरणकारी चिनिसकेको प्रहरीको दावी

Loading

काठमाडौं । पाँच दिन अघि काठमाडौं पकनाजोलबाट अपहरित ५ बर्षीय बालक बिशाल चौधरी सकुशल भेटिएका छन । उनलाइ काठमाडौं काँडाघारीमा सकुशल फेला पारिएको हो ।

बिहान ४ बजे ती बालकलाइ सडकमा एक महिलाले भेटेपछि उनले प्रहरीलाइ खबर गरेकी थिइन । बालकको खोजिमा सम्पूर्ण शक्ति लगाएको महानगरीय अपराध अनुसन्धान महाशाखाले बालक भेटिएपछि सन्तोष प्रकट गरेको छ ।

गत बिहीबार पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत बिशाललाइ मोटरसाइकलमा आएका एक व्यक्तिले लगेको सीसी टीभीमा देखिएको थियो ।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा एकजनालाई नियन्त्रणमा लिएको छ । अपहरणकारीको लगभग पहिचान भैसकेकाले अब कुनै हालतमा उसलाइ नछोडने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.