![]()
एजेन्सी,१६ साउन ।
भेनेजुएलामा संविधानसभा चुनावका क्रममा भएका हिंसाका कयौं व्यक्तिको मृत्यु भएको छ । चुनावी हिंसामा परी मृत्यु हुनेमा एक जना उम्मेदवार,अर्का एक विपक्षी दलका नेता र एक सुरक्षाकर्मीसमेत छन् ।
विपक्षी दलको विरोधका बाबजुद त्यहाँका राष्ट्रपति निकोलास मडुरोले संविधानसभाको चुनाव गराएपछि चुनावी हिंसा भएको हो । चुनाव शुरु हुने बेला सडकहरु प्रायः सुनसान देखिएका थिए । ५४५ सदस्यीय संविधानसभाका लागि ६ हजारभन्दा बढी उम्मेदवार छन् ।
तर, त्यसमा विपक्षी दल सहभागी भएको छैन । विपक्षीहरुले सत्तामा राष्ट्रपति निकोलास मडुरोको पकड बलियो बनाउने अस्त्र भएको भन्दै मतदान बहिष्कार गरेका छन् ।


