Breaking News.... EverestOnlineKhabar
September 9, 2026

रुस र अमेरिकाबीच तनाव बढ्योः अमेरिकी कुटनीति कर्मचारीलाई रुस छोड्न पुटिनको आदेश

Loading

एजेन्सी,१६ साउन ।
अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लागएपछि दुई देशबिचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ । अमेरिकाले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरे लगतै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा रहेका अमेरिकी कुटनीतिकज्ञलाई देश छाड्न आदेश दिएका छन् ।
अमेरिकी कुटनीतिक मिसनका सात सय ५५ जनाले रुस छोड्नु पर्ने पुटिनले घोषणा गरेका हुन् । ती सबै अमेरिकी अधिकारीले आउँदो सेप्टेम्बर १ सम्ममा रुस छोड्नु पर्नेछ । सात सय ५५ कुटनीतिज्ञले छाडेपछि रुसमा अमेरिकी कुटनीतिक कर्मचारीको संख्या चार सय ५५ हुनेछ । अमेरिकाको वासिङटनमा रुसी कुटनीतिक कर्मचारीको संख्या पनि चार सय ५५ नै छ । आधुनिक समयमा कुनै पनि देशबाट फिर्ता पठाइएका कुटनीतिक अधिकारीको यो संख्या अहिलेसम्मकै उच्च रहेको बिबिसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.