Breaking News.... EverestOnlineKhabar
June 26, 2026

आर्सनलले जित्यो एमरेट्स कप फुटबलको उपाधि

Loading

एजेन्सी,१६ साउन ।
इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले प्रि–सिजन मैत्रीपूर्ण खेल अन्तर्गत भएको एमरेट्स कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको अन्तिम मैत्रीपूर्ण खेलमा स्पेनिस ला लिगा क्लब सेभिल्लासँग २–१ ले पराजित भएपनि आर्सनलले एमरेट्स कपको उपाधि जितेको हो ।
आर्सनल घरेलु मैदानमा भएको खेलमा सेभिल्लासँग परातिज भएर पनि गोलका आधारमा आधारमा उपाधि जित्न सफल भएको हो । यो खेलमा सेभिल्लाका लागि योआकिन कोरेया र स्टीवन एन’जोन्जीले गोल गरे । आर्सनलका लागि यहि सिजन क्लब आएका फ्रान्सेली खेलाडी एलेक्जेन्डर लाकेजेट्टले एक गोल फर्काए । सेभिल्ला एमरेट्स कप अन्तर्गत भएका दुवै खेल जिते पनि उपाधि भने गोलका आधारमा आर्सनलको पक्षमा गयो ।
सेभिल्लाले पहिलो खेलमा जर्मन क्लब आरबी लाइप्जीलाई १–० ले हराएको थियो । आर्सनलले पहिलो बेलमा बेन्फिकालाई ५–२ ले हराएको थियो । हरेक टिमले हरेक गोलबाट एक अंक जोड्ने भएकाले आर्सनलको ६ अंक भयो भने सेभिल्लाको तीन अंक मात्रै भयो । आर्सनलले आउँदो अगस्ट ६ मा कम्युनिटी सिल्डको उपाधिका लागि वेम्बलीमा चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed