Breaking News.... EverestOnlineKhabar
September 8, 2026

मेसीले नेइमारलाई बाई भनेपछि……

Loading

एजेन्सी,१६ साउन ।
बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले नेइमारलाई भावुक हुँदै बिदाई गरेको खबर प्रकासमा आएको छ । आइतबार बिहान अमेरिकाको मायामीमा रहेको हार्ड रक रंगशालमा भएको मैत्रीपूर्ण एल क्लासिकोमा रियल मड्रिडलाई ३–२ ले हराएपछि मेस्सीले नेइमारलाई भावुक हुँदै बिदाई गरेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् ।
बार्सिलोनाका ब्राजिलियन स्टार नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने तयारीमा छन् । उनलाई पिएसजीले विश्व कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको र अनुबन्धको सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरिएको छ ।
सन् २०१३ मा बार्सिलोना आएका नेइमार र मेस्सीबिच अहिले गहिरो मित्रता छ । मेस्सीले नेइमारको नयाँ यात्राका लागि शुभकामना दिँदै बिदाई गरेको खबरमा उल्लेख गरिएको छ । आइतबार बिहान भएको एल क्लासिकोमा बार्सिलोनालाई जिताउने क्रममा नेइमारले दुई गोलका लागि सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.