![]()
रुपन्देही,१६ साउन ।
राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्ष सर्बेन्द्रनाथ सुक्लमाथि कारवाही गर्न रुपन्देहीका राजपाका नेता र कार्यकर्ताले माग गरेका छन् । पार्टीको केन्द्रीय निर्देशन र अनुशासन अवज्ञा गरेको आरोप लगाउँदै सुक्लमाथि कडा कारवाही गर्न माग गरिएको हो ।
राजपा रुपन्देहीको बैठकले स्थानीय चुनावका बेला मर्चवारी र मायादेवी गाउँपालिकामा स्वतन्त्रको हैसियतमा उम्मेदवार उठाएर खुल्लमखुल्ला प्रचारप्रसारमा जुटेको आरोप सुक्लमाथि लागेको छ ।
सुक्लमाथि कारवाहीको सिफारिस केन्द्रमा गरेको रापजा रुपन्देहीले जनाएको छ । बैठकमा पूर्वमन्त्री एवम् केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव, केन्द्रीय सदस्यहरु राजेन्द्र गुप्ता, प्रशान्त गुप्ता लगायतको सहभागिता रहेको थियो ।


