Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन २९, काठमाडौँ– पूर्व स्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको बुधबार अपराह्न ४ बजे निधन भएको छ । काठमाडौँको निदान हस्पिटलमा उपचारका क्रममा उनको निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत थिए । विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए ।

उनले नेपाली कांग्रेस पाँचथरको दुईपटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए । विसं २०५७ मा भएको १० औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनमा शेर्मा जिल्ला सभापतिमा निर्वा्चित भएका थिए । यस्तै उनी दुईपटक पार्टीको केन्द्रीय सदस्यमा निर्वा्चितसमेत भएका थिए । शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए । शेर्मा दुई श्रीमतीमध्ये कान्छी जनिमायाँ मगरको साथमा काठमाडौँ बस्दै आएका थिए। उनका दुई छोरा र पाँच छोरी छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed