Breaking News.... EverestOnlineKhabar
April 20, 2026

सशस्त्र प्रहरी जवानले आफैंलाई गोली हाने

Loading

२०७६ फागुन २५, सर्लाही । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले आफैंले बोकेको एसएलआरबाट आफैंतर्फ निशाना सोझ्याएका हुन् । सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले मिश्राले आफैंलाई घाँटीमा गोली प्रहार गरेको जानकारी दिए । सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed