Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन ११, काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक ६९.५६ अंकले बढेर १५०४.१४ अंकमा अडिएको छ । यो अंक ३० महिनायताको सबैभन्दा बढी हो। यसदिन कारोबारमा पनि रेकर्ड भएको छ ।आइतबार १ सय ७८ कम्पनीको ८७ लाख ६९ कित्ता सेयर ३ अर्ब ६० करोडमा कारोबार भयो । आइतबार सुरुदेखि नै बढेको बजार ४३ अंकले बढेर पुनः घटी १९ अंकमा पुगेको थियो । त्यसपछि पुनः बढ्न थालेको बजार एक बजेर २२ मिनेट जाँदा ७५ अंकसम्म बढेर १५०९.९२ अंकसम्म पुगेको थियो । त्यसपछि पुनः विस्तारै घट्न सुरु गरेको बजार पुनः बढ्न थालेर ६९ अंकले बढेको थियो । आइतबार सबै परिसूचकमा हरियाली छाएको छ । बजार धेरैपछि ५ प्रतिशतभन्दा बढीले उक्लिँदा कमजोर देखिएको जलविद्युत कम्पनीहरुले पनि कमाउने मौका पाएका छन् ।

यसदिन बैकिङ ८६.०१, ट्रेडिङ ७३.११, होटल्स ११.७७, विकास बैंक ८४.५९, जलविद्युत ३३.७५, फाइनान्स २२.५६, निर्जीवन बीमा १३९.८५, उत्पादनमूलक ३८.६२, लघुवित्त ५४.८९, जीवन बीमा १९२.३६, म्युचुअल फन्ड ०.२८ र अन्य २४.६३ अंकले उकालो लागेको छ । आइतबार १० करोड भन्दा बढी कारोबार गर्ने कम्पनीहरुमा एनएमबी बैंक १२ करोड ५६ लाख, नेपाल लाईफ इन्स्योरेन्स ११ करोड ८२ लाख, शिखर इन्स्योरेन्स १० करोड ३७ लाख र हिमालय डिष्टिलरी १० करोड ३४ लाख रुपैयाँ रहेका छन् ।

आइतबार १२ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । त्यस्तै यसदिन सबैभन्दा बढी कमाउनेमा फष्ट माइक्रोफाइनान्स विकास बैंक, एनएमबी बैंक, वदेशी लघुवित्त वित्तिय संस्था रहेका छन् भने बजार बढेको दिन पनि गुमाउनेमा ताारागाउँ रिजेन्सी होटल, बरुण हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर लगायतका २७ कम्पनीका लगानीकर्ता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed