Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ माघ ०७, काठमाडौँ – नेपाली महिला राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय महिला लिग फुटबलको यो संस्करणमा खेल्ने भएका छन् । दुवै खेलाडी लिगमा सहभागी हुनका लागि मंगलबार त्यस तर्फ प्रस्थान गर्दै छन् । सावित्रा र अनिता लगातार दोस्रो सिजन भारतीय महिला लिग खेल्न लागेका हुन् । यो सिजन सावित्राले गोकुलम टिमबाट खेल्ने छिन् । गएको सिजन उनी सेथुबाट खेलेकी थिइन् ।

अनिता भने यो सिजन पनि सेथुबाटै खेल्ने छिन् । भारतीय महिला फुटबलको चौथो संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । १२ क्लबलाई दुई समूहमा राखिएको छ । खेलहरु बैंग्लुरुमा हुने छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । गएको सिजन सावित्राले सेथुका लागि १५ गोल गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed