![]()
२०७६ पुस १०, काठमाडौं । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बिहिबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई १–० गोल अन्तरले पराजित गर्दै १० खेलाडीमा सिमित मनाङ तेस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई जित दिलाउन जगजित श्रेष्ठले निर्णायक गोल गरे ।
जगजितले खेलको २५ औं मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा एक राज बुढाथोकीले रातो कार्ड पाउँदा मनाङ १० खेलाडीमा समेटिएको थियो । ब्रिगेडका विजय गुरुङलाई खराब ट्याकल गरेपछी बुढाथोकीले रेड कार्ड पाएका थिए । जितसँगै मनाङले ३ खेलमा ९ अंक जोडेको छ । मनाङले यसअघि भएको पहिलो खेलमा एपीएफलाई २–० तथा दोस्रो खेलमा आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको थियो । ब्रिगेडको यो दोस्रो हार हो । ब्रिगेडले ३ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित ब्रिगेडले दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई हराएको थियो ।


