Breaking News.... EverestOnlineKhabar
August 12, 2026

बिमस्टेकलाई प्रतिबद्धताबाट कार्यान्वयन चरणमा लैजानुपर्ने : परराष्ट्रमन्त्री ज्ञवाली

Loading

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई प्रतिबद्धताबाट कार्यान्वयन चरणमा लैजानुपर्ने बताएका छन् । सम्मेलनको पूर्व सन्ध्यामा बुधबार बसेको बैठकमा उनले बिमस्टेक संयन्त्रलाई नतीजामुखी बनाउनु पर्नेमा जोड दिएका हुन ।

बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरिरहेका मन्त्री ज्ञवालीले व्यापार तथा पारवहनलाई उच्च प्राथमकितामा राख्नुपर्ने बताए । समृद्धिका लागि देखिने गरिको उपलब्धी हासिल हुनुपर्ने उनको भनाइ थियो ।

बैठकमा उनले दिगो यातायात सञ्जाल, विद्युत प्रसारण लाइन अन्तरसञ्जाल र इन्फर्मेसन हाइवे जस्ता क्षेत्रमा सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे । प्राकृतिक प्रकोप, खाद्य असुरक्षा र जलवायु परिवर्तनले निम्त्याउने जोखिमको सामनाका लागि पूर्व तयारीमा पनि उनको जोड थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed