![]()
काठमाडौं।
नयाँ पुस्ता र वैकल्पिक राजनीतिको नारा दिएर सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीचको आन्तरिक शक्ति सङ्घर्ष उत्कर्षमा पुगेको छ। पछिल्लो समय बजेट निर्माण, करको दायरा, र धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिजस्ता संवेदनशील विषयमा सुरु भएको असमझदारी अहिले नीतिगत निर्णयमै प्रत्यक्ष देखिन थालेको छ।
दुई शीर्ष पात्रहरूबीचको दूरी बढ्दै जाँदा प्रधानमन्त्रीको सचिवालयले अर्थ मन्त्रालयलाई पूर्ण रूपमा ‘बाईपास’ गरेर मातहतका कामहरू सिधै अघि बढाउन थालेको बालुवाटार र अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेले समन्वय नगरी निर्णय लिने गरेको, निजी क्षेत्र र सेयर बजारलाई गति दिन नसकेको र समानान्तर शक्ति अभ्यास गर्न खोजेको आरोप लगाउँदै आएका छन्। अर्कोतर्फ, अर्थ मन्त्रालयका कतिपय विषय प्राविधिक र स्वायत्त हुने भएकाले तत्काल निर्णय लिनुपर्ने बाध्यता रहेको दाबी अर्थ मन्त्री पक्षको छ।
यसै खिचातानीका बिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति समेत रहेका अर्थमन्त्री वाग्लेबीच काभ्रेको धुलिखेलस्थित दूसित थानी रिसोर्टमा २४ घण्टा लामो घनीभूत छलफल भएको छ। सभापति लामिछानेले प्रधानमन्त्री शाहसँगको समन्वय बढाउन र टकरावको बाटो नरोज्न अर्थमन्त्रीलाई सुझाव दिएका छन्।
प्रधानमन्त्रीको सचिवालयले अर्थका अधिकारहरू आफ्नो नियन्त्रणमा लिन थालेपछि मन्त्रिपरिषद्भित्रको सहकार्य थप जटिल बनेको छ। यो टकराव केवल बजेट वा करको दायरामा मात्र सीमित नभई भावी राजनीतिक नेतृत्व र शक्ति-सन्तुलनको दाउपेचसँग जोडिएको विश्लेषण राजनीतिक वृत्तमा गर्न थालिएको छ।
www.everestonlinekhabar.com:
असमझदारीको कारक: बजेट हेरफेर, करको दायरा, र धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा समन्वय अभाव।
सचिवालयको हस्तक्षेप: अर्थ मन्त्रालयलाई बाईपास गर्दै प्रधानमन्त्रीको सचिवालयबाटै कार्यसम्पादन।
मध्यस्थताको प्रयास: रास्वपा सभापति रवि लामिछानेद्वारा बालेन र स्वर्णिमबीचको दूरी घटाउन काभ्रेमा २४ घण्टे संवाद।

www.everestonlinekhabar.com: