![]()
काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई प्रतिबद्धताबाट कार्यान्वयन चरणमा लैजानुपर्ने बताएका छन् । सम्मेलनको पूर्व सन्ध्यामा बुधबार बसेको बैठकमा उनले बिमस्टेक संयन्त्रलाई नतीजामुखी बनाउनु पर्नेमा जोड दिएका हुन ।
बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरिरहेका मन्त्री ज्ञवालीले व्यापार तथा पारवहनलाई उच्च प्राथमकितामा राख्नुपर्ने बताए । समृद्धिका लागि देखिने गरिको उपलब्धी हासिल हुनुपर्ने उनको भनाइ थियो ।


