![]()
एजेन्सी। आमिर खानको ड्रिम प्रोजेक्ट हो फिल्म ‘महाभारत’। बजेटको हिसाबले १ हजार करोडको लगानीमा निर्माण हुने भनिएको ‘महाभारत’ अन्तत: निर्माण हुने पक्का भएको छ।
अभिनेता आमिर खानले फिल्म निर्माणका लागि भारतीय कम्पनी रिलायन्स इन्ड्रस्टिजका मालिक मुकेश अम्बानीसँग लगानीका सम्बन्धमा सम्झौता गरेसँगै फिल्म बन्ने पक्का भएको हो। अब फिल्मका लागि अम्बानीले १ हजार करोड लगानी गर्नेछन् साथै उद्याेगी अम्बानी फिल्मको सहनिर्माताका रुपमा देखिने छन्।
फिल्मका लागि लगानीको आधार तयभएसँगै आमिरले कलाकारहरुको छनौटलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छन्। आमिर बाहुबली फेम अभिनेता प्रभासलाई अनुबन्ध गर्ने तर्खरमा छन्। तर, फिल्ममा प्रभासले अभिनय गर्छन् या गर्दैनन् त्यो भने अहिलेसम्म खुलिसकेको छैन। सञ्चारमाध्यमका अनुसार फिल्ममा अभिनेत्री दिपिका पादुकोण द्राैपदीको भूमिकामा देखिनेछिन् भने निर्माता आमिर स्वयम् कृष्णको भूमिकामा देखिने छन्।


