Breaking News.... EverestOnlineKhabar
June 27, 2026

कर्मचारी र ठेकेदारबीचको ‘सेटिङ’ तोड्नुपर्छ : दाहाल

Loading

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रमा रहेको  मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताउनुभयो ।

आफूले सरकार र मन्त्रालयको सचिवलाई भनेर ठूला विकास निर्माण एउटैलाई नदिनुहोस्, साना/साना टुक्रामा ठेक्का दिनुहोस्, छिटो/छिटो काम हुन्छ, प्रतिस्पर्धामा काम हुन्छ भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, “एउटै ठूलो ठेकेदारलाई ठेक्का दिने, भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने ।”

अध्यक्ष दाहालको भनाइ थियो “पाँच/सातवटा पुल एउटै ठेकेदारलाई दिएको छ, ओगटेको छ, समयमा काम पूरा पनि हुँदैन । साना निर्माण व्यवसायी रोएर हिँडेका छन् । ठूलाठूलाले एकाधिकार जमाएका छन् ।”

व्यवसायीले सरकारलाई र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँदै उहाँले थप्नुभयो, “निजी क्षेत्रले राज्य र कर्मचारीलाई कामचोर र घुस्याहा भन्ने, कर्मचारी र राज्यले निर्माण व्यवसायीलाई ठग भन्ने प्रवृत्ति छ ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.