Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौँ । तपाई हामीलाई लाग्न सक्छ हामीले ल्याण्डलाइन वा मोबाइलबाट गरेका कुराको रेकर्ड कसैले गरेको त छैन ? कति गम्भीर, गोप्य र संवेदनशिल कुरा फोनमा गरिन्छ । यो सबै सार्वजनिक भयो भने के होला ?

नेपाल टेलिकमले यसरी ल्याण्डलाइन टेलिफोन र मोबाइलबाट भएका कुराकानीको ‘आवाज रेकर्ड’ नहुने जनाएको छ । कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको टेलिकमले स्पष्ट पारेको छ । ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने टेलिकमले जनाएको छ । प्रहरीमा उजुरी परेर अदालतले आवाजको अभिलेख राख भने मात्र यस्तो प्रविधि जडान गर्न सकिने त्यहाँका अधिकारी बताउँछन ।

प्रहरीमा परेको उजुरी र अदालतमा मुद्दा परेको अवस्थामा भने ती संस्थाले लेखेको पत्रका आधारमा यस्तो अभिलेख उपलब्ध गराउने अभ्यास छ। विभिन्न देशका अनुसन्धानसँग सम्बन्धित संस्था (इन्टेलिजेन्स) ले भने सूचना लिने प्रयोजनका लागि यस्तो प्रविधि जडान गर्ने गरेका छन्।

प्रविधिको विकाससँगै उत्पादन भएका आधुनिक मोबाइलका सेटमा भने आवाज नै रेकर्ड गरेर राख्ने एप्स जडान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed