Breaking News.... EverestOnlineKhabar
June 28, 2026

परीक्षा अवधिभर मुलुकभर इन्टरनेट, टेलिफोन र मोबाइल सेवा बन्द

Loading

बीबीसी ।  उत्तर –अफ्रिकी मुलुक अल्जेरियाले  विद्यालय स्तरीय वार्षिक परीक्षा अवधिभर मुलुकभर इन्टरनेट, टेलिफोन र मोबाइल सेवा बन्द गरेको छ ।

चिट चोर्ने समस्या न्यूनिकरण र परीक्षाको प्रश्नपत्र बाहिरिन सक्ने सम्भावनालाई नियन्त्रण गर्न जुन २० तारिखबाट लागू हुने गरि २५ तारिखसम्म सञ्चालन हुने परीक्षाको  अवधिभर मुलुकभर इन्टरनेट, टेलिफोन र मोबाइल सेवा बन्द गर्ने गरिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सन् २०१६ मा अल्जेरियामा सबैभन्दा बढी चिट चोरीसंगै र प्रश्नपत्र बाहिरिएका थिए । सोही समस्या न्यूनिकरणका लागि सन् २०१७ देखि नै परीक्षा अवधिभर इन्टरनेट एवं मोबाइल फोन लगायत सेवा बन्द गर्न सरोकारवालाले  माग गर्दै आएका थिए । शिक्षा मन्त्रालयले परीक्षा अवधिभर सामाजिक सञ्जाल फेसबुक सेवा समेत बन्द गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.