![]()
बीबीसी । उत्तर –अफ्रिकी मुलुक अल्जेरियाले विद्यालय स्तरीय वार्षिक परीक्षा अवधिभर मुलुकभर इन्टरनेट, टेलिफोन र मोबाइल सेवा बन्द गरेको छ ।
चिट चोर्ने समस्या न्यूनिकरण र परीक्षाको प्रश्नपत्र बाहिरिन सक्ने सम्भावनालाई नियन्त्रण गर्न जुन २० तारिखबाट लागू हुने गरि २५ तारिखसम्म सञ्चालन हुने परीक्षाको अवधिभर मुलुकभर इन्टरनेट, टेलिफोन र मोबाइल सेवा बन्द गर्ने गरिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सन् २०१६ मा अल्जेरियामा सबैभन्दा बढी चिट चोरीसंगै र प्रश्नपत्र बाहिरिएका थिए । सोही समस्या न्यूनिकरणका लागि सन् २०१७ देखि नै परीक्षा अवधिभर इन्टरनेट एवं मोबाइल फोन लगायत सेवा बन्द गर्न सरोकारवालाले माग गर्दै आएका थिए । शिक्षा मन्त्रालयले परीक्षा अवधिभर सामाजिक सञ्जाल फेसबुक सेवा समेत बन्द गरिएको जनाएको छ ।


