![]()
काठमाडौं । वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ। विद्युतिय शवदाह गृहबाट उनको अन्त्येष्टि गरिएको हो।
देवकोटालाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दागबत्ती दिएका थिए। देवकोटाको अन्त्यष्टि हुनुभन्दा अघि उनलाको पार्थिव शरीरलाई न्यूरो अस्पतालमा राखेर श्रद्धाञ्जली अर्पण गरिएको थियो।
देवकोटाको सोमबार राति न्यूरो अस्पतालमा निधन भएको थियो।


