Breaking News.... EverestOnlineKhabar
August 20, 2026

बल्ल बोल्यो राजपा–‘सरकारमा जाने बिषय प्राथमिकतामा छैन’

Loading

काठमाडौं ।  राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ। राष्ट्रिय जनता पार्टी, नेपालको मंगलबार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने निर्णय गरेको हो।
सरकारमा जाने विषय पार्टीको प्राथमिकतामा नरहेको निष्कर्ष बैठकले निकालेको पार्टीका नेता अनिल झाले जानकारी दिए ।  बैठकले संविधान संशोधनको विषयलाई भने पहिलो प्राथमिकतामा राख्ने निर्णय पनि गरेको छ ।  प्रदेश २ को सरकारलाई प्रभावकारी बनाउन सक्दो पहल गर्ने निर्णय पनि गरिएको छ ।

बैठक पार्टीको विधान निर्माणमा केन्द्रित छ। आन्तरिक लोकतन्त्रसहित मजदुत संगठन निर्माण गर्नेगरी पार्टीको विधान निर्माणको काममा बैठक केन्द्रित भएको नेता राजकिशोर यादवले जानकारी दिए ।

बैठकमा पार्टी संसदीय दलको नेता चयनको विषयलाई पनि प्रवेश गराइएको छ । आसन्न महाधिवेशन र पार्टी संसदीय दलको नेता चयनका विषयमा ठोस निर्णय लिन पार्टीको राजनीतिक समितिको बैठक बोलाइएको हो ।

बैठकमा नेताहरुले युवाहरुलाई विशेष प्राथमिकता दिने गरी पार्टीको विधान बनाउनुपर्नेमा पनि जोड दिएको राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.