![]()
सरकारले १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत गरेको छ । सरकारका महत्वपूर्ण प्राथमिकता र योजना यसप्रकार छन :
- बजेटको आकार १३ खर्ब १५ अर्ब
- वैदेशिक ऋण २ खर्ब २ अर्ब
- राजस्वबाट ८ खर्ब उठाइने
- प्रत्येक निर्वाचन क्षेत्रका लागि ४ करोड
- कर्मचारीको तलब भने बढेन,भत्ता २ हजार बढ्यो
- मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि
- शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज
- १ हजार सीसीभन्दा बढीका कार र १५० सीसीभन्दा बढीका बाइकमा कर बढ्यो, अझै महंगिने
- विदेशीबाट फर्केनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने
- लघु उद्यम व्यवसायमा ५ वर्ष आयकर छुट
- मदन भण्डारी राजमार्गलाई ४ अर्ब ५० करोड
- आगामी वर्ष ५ लाखले रोजगारी पाउने ।
- बजेट कार्यान्वयनबाट ८ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने । मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने
- नेपाल प्रहरीमा दुई ब्यूरो स्थापना हुने
- सरकारले ३ वर्षभित्र धरहरा र रानीपाेखरी निर्माण गरिसक्ने
- विद्युत प्रसारण लाइन प्रभावितलाई जलविद्युतको सेयर
- हवाई क्षेत्रमा १९ अर्ब ३५ करोड बजेट
- पूर्वाधार र यातायात विकासका लागि १ खर्ब १० अर्ब बजेट, स्मार्ट लाइसेन्स प्रदेशबाटै लिन सकिने
- उपत्यकाको सरसफाई समेतका लागि १७ अर्ब बजेट


