Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बजेट : पश्चिम सेती स्वदेशी लगानीमा, ७ वटा सुरुङमार्ग, भिजिट इयर २०२०, बृद्धभत्ता बढेन तर एक लाखको बिमा

Loading

काठमाडौं ।  अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेका बजेटका केही महत्वपूर्ण कार्यक्रम :

पश्चीम सेती स्वदेशी लगानीमा

सरकारले ७ सय ५० मेगावाटको जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको छ । थि्र गर्जेजले लामो समयदेखि ओगटेको यो आयोजना सरकारले थि्र गर्जेजसँगको सम्झौता तोड्दै आफै बनाउने निर्णय गरेको हो । आगामी आर्थिक वर्ष २०७४/०७८५ को बजेट मार्फत सरकारले यो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको हो । सरकारले गठन गरेको एक समितिको सुझाव बमोजिम सरकारले यो निर्णय गरेको हो ।

७ वटा सुरुङमार्ग निर्माण गर्ने

सरकारले बजेट भाषणमार्फत ७ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अब नागढुंगा-नौबिसे खण्डको निर्माण आगामी वर्षबाट सुरु गरिनेछ । त्यसैगरी टोखा-छहेर-गुर्ज भञ्ज्याङ खण्डमा पनि अर्को सुरुङ बन्ने छ । बिपी रामजमार्गको खुर्कोट-चियाबारी खण्डमा पनि सुरुङ बनाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । त्यसैगरी सिद्धार्थ राजमार्गमा सिद्धबाबामा पििन सुरुङ निर्माण गरिनेछ । बिपीनगर-खुटिया-दिपायल खण्डमा पनि सुरुङमार्ग बनाइनेछ ।

सरकारले भिजिट इयर २०२० मनाउने

विदेशी पर्यटकलाई आकर्षित गर्न सरकारले भिजिट इयर २०२० मनाउने भएको छ। २० लाख पर्यटक ल्याउने लक्ष्यसहित सरकार ‘भिजिट इयर’ मनाउन लागेको हो।   पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि भारत र चीनमा विशेष अभियान चलाउने सरकारको तयारी छ।

वृद्धवृद्धालाई सन्तानले अनिवार्य हेर्नुपर्ने कानुन

वृद्धवृद्धालाई सन्तानले अनिवार्य हेर्नुपर्ने गरी कानुनी व्यवस्था गरिने भएको छ।  ‘७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकको १ लाखसम्मको बिमांक रकमको स्वास्थ्य बिमा शुल्क सरकारले व्यहोर्नेछ’, मंगलबार संघीय संसदमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले भने, ‘वृद्धवृद्धालाई राज्यले दिने संरक्षणको अतिरिक्त सन्तानले अनिवार्य हेर्नुपर्ने कानुनी व्यवस्था गरिनेछ।’

साथै, सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रदान गरिँदै आएको यातायात खर्च दोब्बर बनाइएको छ। सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट उपलब्ध गरिने पनि अर्थमन्त्रीले बजेट मार्फत जानकारी दिएका छन्। साथै, शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजमा ७ लाख रुपैयाँ ऋण उपलब्ध गराइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.