![]()
काठमाडौं । नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले सरकारले ल्याएको बजेट हावादारी भएको टिप्पणी गर्नुभएको छ । एभरेष्ट अनलाइनखबरसंग कुरा गर्दैै नेता केसीले बजेटमा यो पनि गर्ने त्यो पनि गर्ने भनेर आश्वासन बाँडिएको तर योजना पूरा गर्ने श्रोत उल्लेख नभएकोमा आपत्ती जनाउनुभयो ।
केसीले भन्नुभयो, ‘ यो पनि गर्ने भन्या छ, त्यो पनि गर्ने भन्या छ श्रोतको कुनै ग्यारेन्टी छैन । सधै झै जनतालाई झुक्याउने ? ’
सरकारले नीति कार्यक्रम ल्याउँदा अहिले होइन बजेटमा आउँछ भनेको तर बजेटमा पनि श्रोतका बिषयमा एक शब्द नबोलेर सरकारले झुक्याउने काम गरेको उहाँको आरोप छ । जनताका लागि जोखिम मोलेर भएपनि बिशेष व्यवस्था गर्नुपर्ने ठाउँमा परम्परागत रुपमै सिमित हुनु निराशाजनक रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्थायी र बलियो सरकारले जे दिनु पर्ने हो त्यो देखिएन । ’
कम्युनिष्ट सरकारले भन्नेबेला जनता जनता भन्ने तर तीनै किसान, मजदूर, महिला, बिद्यार्थी लगायतका न्युन आय भएकाहरुको जीवनस्तर उठाउन कुनै कार्यक्रम नल्याएकोमा उहाँले आश्चार्य व्यक्त गर्नूृभयो । यस्तो नीति र बजेटले समृद्धिको यात्रा पूरा नहुने उहाँको भनाइ छ ।


