![]()
काठमाडौ,जेठ ।
नेपाल गीतकार संघले ‘डायस्पोरा गीतकार सम्मान २०७४’ बाट गीतकार एवं कवि राखी गौचनलाई प्रदान गर्ने भएको छ । अमेरिकामा बसेर गीत तथा कविता लेखनमा सक्रिय गौचनलाई ११ हजार रुपैयाँ नगदसहितको डायस्पोरा सम्मान प्रदान गर्ने निर्णय छनौट समितिको सिफारिसमा संघले गरेको हो ।
गौचनको ‘परिभाषा’ र ‘जानी नजानी’ नामक गीति एल्बम सार्वजनिक भइसकेको छ । उहाँका गीत र कविताका फुटकर रचनाहरु प्रकाशित छन् । त्यसैगरी संघले ‘अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७४’ बाट बरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई सम्मानित गर्ने भएको छ । यस्तै,संघले बिभिन्न १० जना गीतकारहरुलाई वर्ष गीत २०७४ प्रदान गर्ने भएको छ ।


