Breaking News.... EverestOnlineKhabar
June 27, 2026

११ औं गणतन्त्र दिवसःतन्त्र जे भएपनि हालत उस्तै छ…..

Loading

सागर भट्टराई
मुलुकमा आजदेखि गणतन्त्र आएको १० वर्ष पुरा भएर ११ औं वर्षमा प्रवेश गरेको छ । समय र घटनाक्रम सबैमा परिवर्तन आएको छ । बिगतका दिनमा देश र जनताका लागि राजतन्त्र अभिषाप थियो । धेरै कुराको बाधक राजतन्त्रलाई मानिन्थ्यो । तर,आज त मुलुकको सम्बृद्धिको लागि केही पनि बाधक छैन । विगतमा राष्ट्रले केहि पाउनुभन्दा गुमाएको अवस्था छ । मुलुकमा गणतन्त्र स्थापना भएको ११ औं वर्ष पुगिसकेको अवस्थामा पनि आज पनि आमनागरिकले ढुक्क हुने अवस्था छैन् । आम नागरिकलाई जे कुराको पनि अभाव छ । राष्ट्रको विकासमा योगदान दिनसक्ने र राज्यको लागि केहि गर्नसक्ने युवा जति सबै रोजगारीको लागि भौतारिनु परेको छ । र रोजगारीको लागि खाडी मुलुकमा पसिना बगाउनुपरेको छ । तन्त्र जे सुकै होस् तर कुनैपनि तन्त्रले स्थायीत्व पाउन जनता बलियो हुनु पहिलो शर्त हो र जनता बलियो हुनुपर्छ । तर हामी दिन प्रतिदिन कमजोर हुँदै गईरहेका छौ ।
कम्युनिष्टको खोल ओढेका दुई वाम पछिल्लो समय एक हुनु मात्रै गणतन्त्र हो र ? मुलुकको शक्तिशाली कार्यकारी पद प्रधानमन्त्रीको कुर्सीमा बसेका कपी ओली बा को तुक्का सुन्न अनि सदनमा राजेन्द्र महतोको हिन्दी भाषण सुन्न,बिदेशीका अगाडि आफ्नो देशको धज्जी उडाउनु, सिके राउतले खुल्लमखुल्ला स्वतन्त्र मधेसको कुरा गर्न दिनु,राष्ट्रपतिलाई हुकुमी महारानी मान्न, के यसकै लागि गणतन्त्र ल्याउनु परेको हो ? तन्त्र जे भए पनि हालत उस्तै छ । यो अवस्था लामो समय रहने हो भने जनताले फेरि पनि प्रतिक्रान्ति नर्गलान भन्ने के ग्यारेण्टि छ ? पक्कै पनि जनता प्रतिक्रान्तिको लागि तयार नहोलान भन्न सकिन्न । विगतलाई हेर्ने हो भने यो यथार्थ हो कि हाम्रो देशमा १२ बर्षमा ठुला–ठुला राजनीतिक परिर्वतनका घटना घट्ने गरेका छन् । यसैले पनि समयमै सबैले सोच्नु पर्ने टट्कारो आवश्यकता देखिएको छ ।
जय नेपाल ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.